पुस्तक समीक्षाः रोल नम्बर एक
पुस्तक समीक्षाः रोल नम्बर एक
परिचय: ‘रोल नम्बर एक’ राधा पौडेलले लेख्नुभएको पुस्तक हो । यो पुस्तकमा उहाँको बाल्यकाल र विद्यालय जीवनका अनुभवहरू लेखिएका छन् । पढाइमा अगाडि बढ्ने चाहना र समाजले केटीहरूलाई फरक व्यवहार गर्ने कुरा यसमा देखाइएको छ । पुस्तकले मेहनत, साहस र आत्मविश्वासको महत्त्व बताउँछ।
पात्रहरू:
१.राधा पौडेल
२.आमा
३.दिदीहरू / भाइबहिनीहरू
४.विद्यालयका साथीहरू र शिक्षकहरू
५.गाउँका मानिसहरू
कथावस्तु:
‘रोल नम्बर एक’ राधा पौडेलले लेखेको प्रेरणादायी पुस्तक हो । यस पुस्तकमा उनले आफ्नो बाल्यकाल र विद्यालय जीवनका अनुभवहरू लेखेकी छन् । सानो उमेरदेखि नै राधा पढाइप्रति धेरै रुचि राख्थिन् । उनलाई किताब पढ्न, नयाँ कुरा सिक्न र कक्षामा राम्रो गर्न मन पर्थ्यो । त्यो समय समाजमा केटीहरूलाई धेरै कम अवसर दिइन्थ्यो । घरको काम, समाजको सोच र विद्यालयको वातावरणले गर्दा केटीहरूको पढाइमा बाधा आउँथ्यो । विद्यालयमा केटाहरूलाई अगाडि राखिने चलन थियो र केटीहरूलाई कम महत्त्व दिइन्थ्यो । राधाले पनि यस्ता समस्या भोग्नुपर्यो । विद्यालयमा राधा धेरै अनुशासित थिइन् । उनी शिक्षकको कुरा ध्यान दिएर सुन्थिन् र समयमै गृहकार्य गर्थिन् । साथीहरू खेलिरहेका बेला पनि उनी पढाइमा ध्यान दिन्थिन् । कहिलेकाहीँ उनलाई निराश पनि लाग्थ्यो तर आमाको सहयोग र आफ्नै आत्मविश्वासले उनलाई अगाडि बढ्न मद्दत गर्यो । धेरै मिहिनेत र धैर्यपछि राधाले कक्षामा पहिलो स्थान हासिल गरिन् । उनलाई ‘रोल नम्बर एक’ भनियो । यस सफलताले उनलाई अझै मेहनत गर्न प्रेरणा दियो । उनले बुझिन् कि केटी भए पनि आफूले चाहेको लक्ष्य हासिल गर्न सकिन्छ।
यो पुस्तकले विद्यार्थीहरूलाई पढाइको महत्त्व, आत्मविश्वास, धैर्य र समानताको पाठ सिकाउँछ ।
3 reads
Published on 9/16/2026
Praneesha Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Praneesha Shrestha
Grade 8
Roll No: 2030023
4
More Articles from
Student