विद्यार्थी जीवनमा अनुशासनको महत्त्व
जीवनमा केही सिकिरहने मानिसलाई नै विद्यार्थी भनिन्छ । औपचारिक रुपमा विद्यालय र विश्वविद्यालयहरूमा धाउने मानिसहरुलाई विद्यार्थी भने पनि व्यापक अर्थमा विद्यार्थी शब्दले जीवन प्रयत्न केही सिकिरहने मानिसलाई सङ्केत गर्छ। जीवनको सार्थकता सिकाइमा छ । सफल जीवनयापनका लागि समुदाय, वातावरण वा समाजबाट केही सिक्न पर्छ । यस अर्थमा जीवनको सार्थकताका लागि सिक्ने मानिस नै विद्यार्थी हो।
सिकाइ नियम शासित व्यवहार पनि हो। नियमलाई नै अनुशासन भनिन्छ। अनुशासन बिना व्यक्ति विद्यार्थी हुन सक्दैन । विद्यार्थी र अनुशासन शरीर र आत्मा हुन्। ज्ञान विज्ञानको उन्नतले व्यक्तिलाई विभिन्न ज्ञान सिक्नुपर्ने अवस्था सिर्जना गरेको छ। विभिन्न क्षेत्र विशेष ज्ञानको अभावमा व्यक्तिले व्यवहार सिक्न सक्दैन । विद्यार्थीलाई सैद्धान्तिक एवं व्यावहारिक ज्ञानको आवश्यकता पर्दछ। ज्ञानले नै उसको भविष्यको लक्ष्य निर्धारण गर्छ। सिकाइको उद्देश्य लक्ष्य चुम्न साधनरत यात्री हो । लक्ष्य प्राप्तिका लागि उसले काँडाघारी बिचमा बाटो पहिल्याउनुपर्छ । अनुशासन यही साधन हो जसले अन्धकार र अनकन्टार जङ्गलभित्र बाटो देखाएर विद्यार्थीलाई ज्ञानको विशाल फाँटमा पुर्याउँछ। विद्यार्थी बढ्दो बिरुवा हो । बढेर उसले बशमा पार्नुपर्छ। बिरुवालाई बढ्नका लागि अनि फक्रनका लागि मल, जलको विशेष भूमिका हुन्छ। फलेको फूलमा जल र मलको समिश्रण हुन्छ। विद्यार्थीका लागि अनुशासन यिनै मल र जल हुन्। सिक्ने कुरामा विद्यार्थी जति नियम शासित हुन्छन् पाउने कुरामा त्यति नै अगाडि हुन्छन् ।
घरपरिवार, समाज र शिक्षालयमा विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र आदरगत नियमहरू हुन्छन्। यसलाई स्वीकार्ने सफल हुन्छ भने नकार्ने असफल हुन्छन् । यस दृष्टिले विद्यार्थी र अनुशासन बिचमा नङ र मासुको जस्तै सम्बन्ध छ। मासुको सुरक्षा नङले गर्ने हुनाले नङ जोगाउनु पर्छ। अनुशासन विद्यार्थीलाई वास्तविक विद्यार्थी बनाउने हुनाले अनुशासनको पालना गर्नैपर्छ। त्यसैले विद्यार्थीको जीवनमा विद्यार्थी शरीर हो भने अनुशासन शरीर बचाउने प्राण हो।
13 reads
Published on 10/2/2026
Anushree Acharya, a student at Deerwalk Pokhara School, has a keen interest in exploring new topics through writing and is passionate about dancing.
Anushree Acharya
Grade 9
Roll No: 30017
Deerwalk Pokhara School
1