पोखरा र गाईजात्राको महत्त्व
पोखरा र गाईजात्राको महत्त्व
गाईजात्रा नेपालका विभिन्न समुदायले मनाउने महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। विशेषगरी नेवार समुदायमा यसको विशेष महत्त्व रहेको छ। पोखरा उपत्यकामा पनि गाईजात्रा परम्परागत सांस्कृतिक, धार्मिक विश्वास, सामाजिक सद्भावसँग जोडिएको पर्वको रूपमा मनाइन्छ। यस पर्वमा यस वर्षभरि दिवंगत आत्माको सम्झना गर्दै उनीहरूको आत्माको शान्तिको कामना गरिन्छ। गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा मानिन्छ। गाईजात्राका दिन दिवङ्गत व्यक्तिका परिवारले गाई वा गाईको प्रतीक बनाएर जात्रा निकाल्ने चलन छ। धार्मिक विश्वास अनुसार गाईले मृत आत्मालाई परलोकको यात्रा गर्न सहयोग पुर्याउँछ भन्ने मान्यता पाइन्छ ।
पोखरा उपत्यकामा गाईजात्राले परिवार र समुदायलाई एक ठाउँमा ल्याउने काम गर्दछ। आफ्ना गुमाएका परिवारलाई समुदायले साथ र सहानुभूति प्रदान गर्दछ। यस पर्वले दुःखमा एकअर्कालाई सहयोग गर्ने नेपाली समाजिक परम्परालाई बलियो बनाउँदछ।
गाईजात्रामा विभिन्न वेशभूषा, बाजागाजा, नाचगान र झाँकी प्रस्तुत गरिन्छ। विशेषगरी पोखरा उपत्यकामा गाईजात्राको दिनमा छोरा मान्छेहरु रङ्गीबिरङ्गी जामा लगाएर परीको रूपमा प्रस्तुत हुन्छन् र विभिन्न मौलिक बाजाको तालमा बिचमा अनौठो देखिने जोकरलाई राखेर एकै तालमा नाच्ने गर्छन् ।यसले के दर्शाउँछ भने स्वर्गबाट परीहरू दिवङ्गत आत्माहरूको चिर शान्तिको कामना गर्दै आफै आई स्वर्गसम्म लाने भन्ने किवदन्ती पनि छ त्यसको प्रतिबिम्बित दर्शनको लागि यो नाच हरेक वर्षको गाईजात्राको दिन देखाइन्छ । यसले पोखरामा बसोबास गर्ने नेवार समुदायको मौलिक कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन मद्दत गर्दछ । बालबालिका तथा युवाहरूको सहभागिताले सांस्कृतिक ज्ञान हस्तान्तरणमा पनि सहयोग पुग्छ।
पोखरा उपत्यकामा गाईजात्रा केवल धार्मिक पर्व मात्र नभई दिवङ्गत व्यक्तिको सम्झना सामाजिक एकता, सांस्कृतिक संरक्षण मनोरञ्जन र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित एक महत्त्व
पूर्ण पर्व हो। आधुनिक समयमा पनि यसको मौलिकता जोगाउँदै नयाँ पुस्ताहरूको सहभागिताले यस पर्वको महत्त्व अझै बढेको पाइन्छ। नयाँ पुस्ताको उत्साहपूर्वक सहभागिताले गाईजात्रा पर्वको सांस्कृतिक पहिचान अझ बलियो बनेको छ।
6 reads
Published on 9/21/2026
Aarnav Joshi is a creative student at Deerwalk Pokhara School who has a passion for singing.
Aarnav Joshi
Grade 5
Roll No: 34018
Deerwalk Pokhara School
1