मेराे विद्यालय
मेराे विद्यालय
मलाई धेरै प्याराे लाग्छ, मेराे विद्यालय
पढाैँ लेखाैँ भविष्य, बनाऔँ सुखमय ।
डियरवाक पाेखरा हाे, मेराे स्कुलकाे नाउँ
असल कामले स्कुलकाे, नाम राख्न पाऊँ ।
सबैभन्दा प्याराे स्कुल, शिक्षाकाे हाे खानी
सहयाेग गर्ने साथीहरुकाे, कस्ताे राम्राे बानी ।
सुन्दर शान्त वातावरण, अनि प्यारा गुरु
भयाे यही स्कुलबाट, मेराे यात्रा सुरु ।
मिठाे स्वस्थ खाजा मिल्छ, छैन हामीलाई पिर
पढी लेखी महान् बनी, उच्च राख्छाैँ शिर।
मेराे प्याराे स्कुलकाे नाम, देशैभरि छाओस्
उन्नति र प्रगतिले, शिखर चुम्दै जाओस् ।
डियरवाक पाेखरामै, सबै पढ्न जाऊँ
मेराे पनि मन मुटुकाे, साह्रै प्याराे ठाउँ ।
9 reads
Published on 9/18/2026
Passionate about music, the written word, and new discoveries, Aaroh Adhikari is a versatile all-rounder at Deerwalk Pokhara School.
Aaroh Adhikari
Grade 4
Roll No: 35008
Deerwalk Pokhara School
1