मलाई पढ्न किन अल्छी लाग्छ?
मलाई पढ्न किन अल्छी लाग्छ?
कविता
सबैलाई पढ्न मन लाग्छ रे,
किताब बोकी बस्छन् रे,
मलाई पनि पढ्न आउँछ,
तर मन चाहिँ खेल्न खोज्छ रे।
किताब खोलेँ, अक्षर हेरेँ,
दुई मिनेटमै आँखा झिम्काएँ,
कलम समाई लेख्न खोज्दा,
मनले भन्यो , “खेल्न जाऊँ है!”
खेल्ने कुरा आयो भने,
झाँगर कति आउँछ मलाई!
घन्टौँसम्म खेल्न सक्छु,
थाक्दिनँ म त्यस बेलामा है।.
आमा-बाले गाली गर्दा,
“पढ्न बस” भनेर कराउँदा,
मनले भन्छ , “अब पढ्छु है!”
किताब खोली बस्छु फेरि।
तर केही बेर बित्न नपाउँदै,
फेरि अल्छी लाग्छ मलाई,
आखिर यस्तो किन हुन्छ होला?
यो प्रश्नले सताउँछ मलाई।
के म मात्रै यस्तो हुँ त?
कि सबैलाई यस्तै हुन्छ?
मेरा प्यारा भाइबहिनीलाई,
कहिलेकाहीँ अल्छी लाग्छ?
पढ्न खोज्दा निद्रा लाग्ने,
खेल्न खोज्दा जोस आउने,
यो मेरो मात्रै बानी हो कि
सबैको मनमा यस्तै हुने?
अब म आफैँ सोचिरहेछु,
उत्तर कतै भेटिन्छ कि?
पढाइलाई रमाइलो बनाएँ भने,
अल्छी कतै भाग्छ कि?
मलाई पढ्न आउँछ, मन पनि छ,
बस् अल्छीले रोक्छ मलाई।
खेलसँगै पढाइ पनि रोजेँ भने,
सायद जित्छु म आफैँलाई!
8 reads
Published on 10/6/2026
जिया पाण्डे डियरवाक धादिङ स्कुलमा अध्ययनरत कक्षा ४ की प्रतिभाशाली छात्रा हुन् । कविता लेख्ने, चित्र कोर्ने र साहित्यिक किताब पढ्ने उनका रुचि हुन् ।
Jia Pandey
Grade 4
Roll No: 351006
Deerwalk Dhading School
1