देशप्रेमीकाे व्यथा
हामी नेपाली जनता एकदम महान् छौँ । जब जब कुनै पनि व्यक्तिले आफ्नाे शक्तिको दुरुपयोग गरेर हामीलाई त्रास दिने कार्य गर्छ हामीलाई अत्याचार गर्छ, हामी त्यस व्यक्तिलाई जसरि होस् सत्ता अथवा शक्ति बाट फाल्ने कुरा मा तल्लिन हुन्छौ चाहे त्यो राणा जस्ता शाशक हुन् अथवा राजा जस्ता चित्त बुझेन कि विद्रोह गर्यो फल्दयो । २००७ को राणा विरोधी क्रान्ति होस् या २०६३ को राजा विरोधी क्रान्ति होस् नेपाली जनताले समय समयमा शक्ति प्रदर्शन गरेका छन् ।
नेपाली जनता सदैव “संख्यामा शक्ति” र “एकतामा शक्ति” जस्ता कुराहरूमा एकदमै विश्वास गर्छन् । हजुरहरूलाई थाहा छ अरु कुन जनावरले यसै गरी हुलमा विश्वास गर्छन् ? भेडा । फेरि मैलेयो भन्न खोजेको हैन कि हामी नेपाली जनता भेडा हौँ किनकि भेडा र हामीमा निकै भिन्नता छ नि ! भेडाको बुद्धि विवेकका हुन्छ र तर हामी त मानिस पो हौँ संसारकै सर्वश्रेष्ठ प्राणी हाम्रो त बुद्धि विवेक छँदै छ नि हैन र ? तर साँचो अर्थमा भन्न पर्दा त नेपली जनतामा कहिलेकाहँ त्यो छ भनेर नि शङ्का लाग्छ । नेपाली जनता जस्तो हातमा मासु भात छ उसकै पछिपछि लागेको हामीले पटक पटक देखेका छौँ । यस्तो नभएको भए सर्पले छाला फेरेको भन्दा चाडै सरकार फेरिनु त नपर्ने हो हैन र ?
अब त नेताहरूलाई नि सरापेको, गाली गरेको देखेर नि वाक्क लागिसक्यो अहिले उनीहरूको गाली गर्छन् जब परिवर्तन गर्ने अवसर चुनाव आउँछ तब फेरि त्यही जस्तो शक्ति उसको भक्ति र जसको मासु भात उसको मतमा लागि हल्छन् ।
म कहिलेकाहीँ सोच्छु “के मेरा पुर्खाले यस्तै नेपाल खोजेका थिए होलान् र ?” “के ती सहिदहरूले यस्तै नेपालका लागि आफ्नाे ज्यान दिएका थिए त ?” “के पृथ्वी नारायण शाह र अमरसिंह जस्ता महान् व्यक्ति जसले देश र जनताको सेवामा आफ्नाे जीवन निर्वाह गरे उनी अहिलेको नेपालको स्थिति देखेर खुसी होलान् त ?” यस्सो अहिलेको परिस्थिति हेर्दा त मलाई लाग्दैन कि उनीहरू खुसी हुन्छन् । मलाई त लाग्छ उनीहरूले नेपाली सरकारलाई देश यसरी चलाएको र नेपाली जनतालाई देश यसरी चलाउन दिएकोमा सबैको मुखमा थुक्छन् होला । हजुरहरूलाई के लाग्छ ?
ती २००७ , २०३७ र २०६३ जस्तै नेपाली जनताले किन शक्तिमा भएकालै तहलाउन सकेका छैनन् ? मेरो हिसाबमा त यसका २ मुख्य कारण छन् एक नेपाली जनताको सजिलै बिक्ने प्रवृत्ति अब हेर्नुस न एक थाल मासु भातमा बिक्छन् !
भने अरु क भन्नु र दोस्रो कारण के हो भने नेपालीहरूको अरु माथिको निर्भरता र भेडाेपन हो । यो कुरा नयाँ पनि हैन एकचोटि हामी इतिहासको पाना पल्टाएर हेरौँ त । २००७ सालमा जब नेपाली जनता राणा सरकारलाई ढाल्न एकीकृत भएका थिए तब पनि उनीहरू आफ्नै बुद्धि विवेकले भएका हैनन् । ती जनताबाट जोश र बुद्धि आयो र उनीहरूले राजीनितिक पार्टीको स्थापना गरे र नेपाली जनता त्यही केही नेतापछि भेडा भाख्रा जसरी लागेका हुन् । यदि यसो नभएको भए त्यत्रो १०४ वर्षसम्म चाहिँ केही नहुने तर राजनीतिक पार्टीको स्थापना भएपछि मात्र यस्तो हुने कहीँ हुन्छ । ल आफै मनन गर्नुस् त। यही कुरा २०३७ र २०६३ सालमा पनि लागु हुन्छ।
अब तपाई भन्नु हुन्छ होला “भेडा बुद्धि भए नि के भयो र गर्न खोजेको आँटेको काम गरिहाले सरकार ढल्नु थ्यो ढालिहाले” तर यो कुरा त्यति बेला ठिक थियो होला जब भेडा भएरपछि लाग्न कोही थियो तर अहिले के ? अहिले पनि हामी जनतालाई थाहा नै छ सरकर डामाडोल छ भनेर हामीलाई थाहा छ कि परिवर्तनको गुहार नेपाल आमाले फेरि पनि लगाएकी छिन् भनेर तर पनि हामी किन केही गर्न सकेका छैनौँ । हामी फेरि पनि त्यही बाटो फर्किदै छौँ जसरी ती राणाकालका १०४ वर्षसम्म नेपाली जनताले केही गर्न सकेका थिएनन् त्यसैगरी हामी पनि विवश भैसक्यौ त्यति बेला त ल शिक्षाको कमी थ्यो भनेर भन्न सकिएला तर आहिले के ? के नेपाल आमाले फेरि १०४ वर्ष कुर्नुपर्ने हो परिवर्तनको लागि ? र त्यति बेला त ल राजनीतिक पार्टी थिए अब चाहिँको आउँछ के फेरि राजालाई कुर्सीमा बसाउने हो ? अनि फेरि कुनै दल बन्छ अनि उसकै पछिपछि लगेर फेरि राजा हटाउने र यो चक्का घुमाई राख्ने ?
संसारका देशहरू के के कुरामा विकास गरि नयाँ नयाँ उपकरण गर्छन । हाम्रै छिमेकी राष्ट्र चिन र भारतकाबाट कहाँ पुगि सके तर हामी भने कुर्सीसँग म्युजिकल च्यर खेल्नमा व्यस्त छौँ । माथि सट्टा झन झन तल जादैँ छौँ । विश्वमा तेस्रो विश्व युद्ध हुन लागेको छ र यदि यस्तै भयो भने नेपाल भारत र चिनको बीचमा मिसिएर यस्तो अस्तित्त्व हट्ने छ। तसर्थ म क भन्न चाहन्छु भने यो अब ख्यालख्याल ठट्टा गर्ने समय हैन अब हामी जाग्नु पर्छ हामीभित्रको गोर्खाली मन र उर्जालाई जगाउनुपर्छ जे जे गलत भयो त्यसलाई सच्चाउनुपर्छ र नेपाली आमालाई यस्तो बनाउनुपर्छ कि ती महान् बलिदानीलाई पनि यस्तो माटोको लागि बलिदान दिएकोमा गर्व होस् ।
0 reads
Published on 11/9/2024
Saiman Ghimire is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saiman Ghimire
Grade 11
Roll No: 26033
4