गीत

हाम्रो स्कुल

अन्धकारको यो समाजमा चेतनाले जब छायो,

रुद्र सरको पहलमा यो स्कुलको जन्म भयो,

हाम्रो स्कुल प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घर भन्दा रमाइलो ।

पिप पिप हरन बजाउदै बस आउँछ

साथीसँग बस चढी स्कुल आउँन मन लाउँछ

हाम्रो स्कुल,हाम्रो स्कल प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घर भन्दा रमाइलो ।

हँसिला छन् सर मिस हँसिला छन् चालक दाइ

घर स्कूल राम्राेसँग पु-याउँछन् हामीलाई

हाम्रो स्कुल.. हाम्रो स्कुल प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घरभन्दा रमाइलो ।

क्यान्टिनमा पाक्ने गर्छ खानेकुरा मिठो मिठो

एकैछिन लाग्दैन खान्छौँ छिटो छिटो

हाम्रो स्कुल.. हाम्रो स्कुल. प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घर भन्दा रमाईलो ।

अर्गानिक सागसब्जी उब्जाउँदै केलाउँदै

विद्यार्थीको स्वास्थ्य राम्रो खेलकुद खेलाउँदै

हाम्रो स्कुल.. हाम्रो स्कुल प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घरभन्दा रमाइलो।

सफा हुन्छ कक्षाकोठा सफा हुन्छ चउर पनि

यस्तो ठाउँमा बस्दा हामीलाई लाग्दैन है रोग पनि

हाम्रो स्कुल, हाम्रो स्कुलप्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घरभन्दा रमाइलो ।

जति राम्रा सर मिस उति राम्रो स्कुलको नाउँ

डियरवाकको विद्यार्थी हूँ शानले म भन्न पाऊँ

हाम्रो स्कुल.. हाम्रो स्कुल प्राण भन्दा प्यारो

हामीलाई लाग्छ स्कुल घरभन्दा रमाइलो।

डियरवाकको हाँगाबिगा चारैतिर छरिएका

सुन्नपाउ सतहत्तरे जिल्लाभरि छरिएका

हाम्राो स्कुल.. हाम्राो स्कुल प्राण भन्दा प्यारो

हामालाई लाग्छ स्कुल घरभन्दा रमाइलो ।