underline

सन्तानप्रतिको माया

Underline

Share:

सन्तानप्रतिको माया

जब तिमी आउँछौ भन्ने खबर पायौँ हामीले

हजारौं सपना तिम्रा लागि बुन्न थालेका थियौँ।

तिम्रो सानो हाँसोको कल्पनामा दिनरात बितायौँ हामीले

तिम्रो त्यो पहिलो रुवाइमै सारा संसार देखेका थियौँ।

दिनभरको कामबाट फर्केपछि तिम्रै त्यो अनुहार खोज्थ्यौँ

तिमी खुसी भएर हाँसेको देख्दा थकान सबै हराउँथ्यो।

रातभरको निन्द्रा त्यागी तिम्रो ज्वरो कुरेका थियौँ ।

तिमीलाई केही होला कि भनेर मन साह्रै डराउँथ्यो।

विद्यालयको पहिलो दिन तिमीलाई हात समाएर पुर्‍याउँदा

झोलाभित्र किताब मात्रै होइन हाम्रा सपना राखेथ्यौँ ।

तिमी पढौला लेखौला र ठुलो मान्छे बनौला भन्दै

तिम्रा भविष्यका सुन्दर दिनहरू मनभरि सजाउँथ्यौँ ।

तिम्रो सबै रहर इच्छा पूरा होस् भनेर

धेरैपटक आफूले नखाई तिमीलाई खुवाएका छौँ ।

तिमीले दुःख पीडा केही सहनु नपरोस् भनेर

आफ्नो मन रोइरहँदा पनि तिमीलाई हँसाएका छौँ ।

कहिलेकाहीँ तिमीसँग रिसाएका पनि थियौँ

कतै जीवनले तिमीलाई चोट नपुर्‍याओस् भनेर ।

त्यो घृणा थिएन त्यो त केवल डर थियो, माया थियाे

भोलि गएर तिम्रो भविष्य बिग्रेला कि भनेर ।

भोलि तिमी आफ्नो बाटो रोज्ने छौ सायद हामीबाट टाढा पुग्ने छौ

तर हाम्रो माया कहिले टाढिँदैन भनेर सम्झिनु तिमी ।

किनकि यो जीवनले दिएको सबैभन्दा अमूल्य उपहार हौ

हाम्रो जीवन हौ, हाम्रो जीवन जिउने कारण हौ तिमी ।

4 reads

Published on 7/24/2026

Image

Roselin Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Roselin Khadka

Grade 11

Roll No: 28066

1