underline

मेरो देश नेपाल

Underline

Share:

मेरो देश नेपाल

मेरो देशको नाम नेपाल हो । नेपाल दक्षिण एसियाको सानो तर सुन्दर देश हो । नेपाललाई सगरमाथाको देश,बुद्धको देश भनेर संसारभर चिनिन्छ । नेपाल भौगोलिक रुपमा तीन भागमा विभाजित छ ।

यहाँ सेता,अग्ला हिमालहरू, हरिया रमणीय पहाडहरू र तराईका उर्वर फाँटहरू रहेका छन् । त्यसैगरी नेपालमा विभिन्न प्रकारका जडीबुटी र बन्यजन्तुहरु पाइन्छन् । नेपाल विविध सांस्कृतिक विशेषता भएको देश हो । नेपाली संस्कृतिले गर्दा नेपाल अन्य देशभन्दा फरक छ । नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो । नेपाल विभिन्न जातजाति,भाषा र धर्मको एउटै थलो हो । एकआपसमा मेलमिलाप हुनु नेपालीको बिशेषता हो । नेपालमा १४२ ओटा जातजाति,१२४ भाषाभाषी र १० थरिका धर्म मान्ने मानिसहरू बसोबास गर्दछन् । यहाँ विभिन्न जात,धर्म,भूगोल अनुसारका फरकफरक सामाजिक र सांस्कृतिक पहिचानहरू रहेका छन् ।

हाम्रो देश नेपालमा आमाबुबा,गुरू र पाहुनालाई देवतासरह मान्ने संस्कार छ । चाडपर्व र संस्कार हाम्रा साझा सम्पत्ति हुन् । यिनीहरुको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । हामी सबै मिलेर हाम्रो देशका रक्षा गर्नुपर्दछ ।

0 reads

Published on 9/17/2026

Image

Udayaraj Bohara is a student at Deerwalk Pokhara School who loves reading books and writing articles. He loves exploring new things.

Udayaraj Bohara

Grade 6

Roll No: 33019

Deerwalk Pokhara School

1