underline

रोइ रहेछ मेरो देश

Underline

Share:

रोइ रहेछ मेरो देश

ए पापी प्रकृति आखिर कसको थियो दोष?

मेरो प्यारो परिवार,यसै नखोस।

हराए एक एक सदस्य,पाउने आशा सिद्धियो,

क्षणभरमै पूरा गाउँ नै रित्तियो।

बाढी आएको कुरा थाहा पाइन दिदीले जब,

खबरसँगै देखिन् उनले भाइको शव।

तान्दै मेरो केस, बिर्स्यो त्यसले गुँण

मेरो मृत शवबाट तान्दै थियो सुन।

अचानक आइस्, अचानक गइस्,

दुधे बालक मेरो बगाएर लइस्।

प्रकृतिको खेल, बुझिनँ है मैले,

विदेशीले दुःख भोग्नुपर्ने जैले।

दानको रूपमा उठेँ,मुठी मुठी क्यास,

मेरो सासभन्दा प्यारो रैछ ग्यास।

उज्यालो आकाश भइगयो कालो,

सबथोक बग्यो, बचेन एक टालो।

मेरो स्कुल फेरि बन्ने हो खै कैले?

पढन नपाएको कति दिन भाे मैले।

ए पापी प्रकृति, तँ पनि अचम्मैiकि छेस्,

भदौ १० देखि रोइरहेछ मेरो देश।

7 reads

Published on 9/18/2026

Image

A bright and gifted student at Deerwalk Pokhara School, Shikha Pun expresses her deep love for literature through reading, writing, and crafting original poetry.

Shikha Pun

Grade 10

Roll No: 29001

Deerwalk Pokhara School

1