underline

अवसरकाे दुरुपयाेग

Underline

Share:

एक दिनको घटना हो । म सधैँ आफ्नो विद्यालय गएर घर फर्किदै थिएँ । सो दिन पानी परेकै कारण म गाडीमा जाने निर्णय गरेँ । विद्यालयभन्दा केही पर गएर म गाडी कुर्न बसेँ । केही बेर पश्चात... "भाइ जाने हो" भन्दै सहचालकले सोध्नुभयो... मैले उहाँलाई सोधेँ "यो गाडी कहाँ जाने हो?" "गङ्गबु जान्छ ? " उहाँले हतार हतार जान्छ भन्नुभयो । म गाडी चढेँ र घर तर्फ लागेँ ।

घर गैरहेकै क्रममा अचानक एउटा अङ्कल गाडीभित्र आउनुभयो र केही तस्बिर देखाउँदै उहाँले भन्नुभयो "यो नानीको बुबा-आमा नभएको र क्यान्सर जस्तो घातक रोग लागेकोले हामी एक समूह बनाएर कोही सडकमा, कोही घर-घरमा कोही गाडीमा पैसा जम्मा गर्दै हिँडिरहेका छौँ ।" उहाँ यति बोलेर एकछिन शान्त हुनुभयो । फेरि केही बेरपछि उहाँ "सेवा नै धर्म हो, हजुरहरूको सानो सहयोगले नानीको ज्यान बाच्न सक्छ" भन्दै भावुक हुनुभयो ।

म चाहिँ दोमनमा परे । एकमनले पैसा देऊ भनिरहेको थियो र अर्को मनले "कहीँ उहाँको पैसा कमाउने बाटो त होइन ?, कही उहाँले हामीलाई झुक्याइरहेको त होइन?" जस्तो प्रश्न मेरो मनमा आइरहेको थियो । फेरी उहाँले "हजुरहरूले नानीलाई अस्पतालमा पनि भेट्नसक्नुहुन्छ" भन्नुभयो । यति भनिसकेपछि मेरो मनले मानेन र आफूसँग धेरै पैसा नभएकाले सय रूपैयाँ झिकेर दिए ।

उहाँले नमस्कार गर्दै धन्यवाद दिनुभयो । अर्कोतर्फ गाडीमा सहयोग गर्न मानिसहरू अकमकाइरहेका थिए । यो देख्दा निकै नरमाइलो लागिरहेको थियो तर अझ नरमाइलो त्यो बेला लाग्यो, जब मेरो अगाडि बस्नुभएको दाइ आफ्नी श्रीमतीलाई हातले "पैसा छैन भन्नु है" भन्दै इशारा गर्दै हुनुहुन्थ्यो । सो निर्देशनअनुसार उहाँले पनि छैन भन्नुभयो l

केही बेरपछि एउटा अर्को अङ्कल गाडीमा चढ्नुभयाे र एकछिनपछि सबैलाई राष्ट्रियता, सम्मान र सचेत नागरिकको हक गफ दिनुभयाे । यसै गरी गाडी म चढेको ठाउँ (मित्रपार्क) बाट महाराजगञ्जसम्म पुगिसकेको थियाे । गाडीमा ज्ञान बाड्ने अङ्कल झर्ने ठाउँ त्यही रहेछ । ज्ञान र सभ्य नागरिकको पहिचान बोकेका ती अङ्कल सहचालकलाई दिनुपर्ने गाडी भाडा पूरा नदिई (पैसाको लागी झगडा गर्दै), सडकलाई रङ्गीन बनाउन मद्दत गर्दै रातो पराग थुकेर बाटो लागे ।

केही क्षणपछि म झर्ने ठाउँ आयाे र म मेरो घरतिर लागेँ तर मेराे मनमा एउटै कुराले सताइरहेकाे थियाे ।

“मानिस अरूलाई पर्दा जाहेले हात कुमच्याउँछ, तर आफुलाई पर्दा हात फैलाउन मज्जाले जानेको छ ।”

3 reads

Published on 8/31/2026

Image

Pragyan Baral is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pragyan Baral

Grade 11

Roll No: 28059

1