मेरो क्युट साथी
मेरो क्युट साथी
सुप्रभात, मेरो क्युट साथी,
सूर्यकाे किरणझैँ चम्किलो तिम्रो साथ।
तिमी हाँस्दा झलमल्ल बन्छ संसार,
मुस्कानले भरिन्छ हरेक बिहान ।
बगैँचाका फूलको सुगन्धझैँ,
तिम्रो सौन्दर्यले मन छुन्छ सधैँ ।
चन्द्रमाको उज्यालोभन्दा पनि प्यारो,
तिम्रो मुहार लाग्छ सबैभन्दा प्यारो।
तिम्रा नयनले मन चोरेका छन्,
मायाका सपना कोरेका छन् ।
मन्द हावासँग लहरिने तिम्रो चाल,
मनमा बजाउँछ प्रेमको मधुर ताल ।
चाँदनी रातको मिठो सन्देश,
ताराहरूले गाएका छन् विशेष ।
तिम्रो एउटै मुस्कान देख्न देखेर,
जीवनभरका सबै दुःख बिर्सिएँ ।
तारा र चन्द्र नाचिरहेझैँ लाग्छ,
तिम्रो छायाले मन मोहित बनाउँछ।
तिम्रो कोमल स्वर मधुर गीत,
तिमी नै हौ संसारकै प्रिय सृष्टि।
मेरो क्युट साथी, तिम्रै नाममा,
यो सानो कविता प्रेमिल भावमा।
सधैँ मुस्कुराइरहे, सधैँ रमाइरहे,
साथी तिमी सधैँ बाँची रहे सधैँ हाँसिरहे ।
11 reads
Published on 8/4/2026
Baikuntha Gautam is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Baikuntha Gautam
Grade 12
Roll No: 27090
2
More Articles from
Student