प्रकृति र वातावरण
प्रकृति भन्नाले जीवजन्तु, वनस्पति, हावापानी, माटाे, जमिन, खाेलानाला आदिलाई जनाउँछ भने वातावरण भनेकाे हाम्राे वरिपरिकाे परिस्थितिलाई जनाउँछ । प्रकृति व्यक्ति वा वस्तुकाे विशेषता हाे भने वातावरण पृथ्वी वरिपरिकाे हावा हाे । मानिसकाे बानी र व्यवहारले प्रकृतिमा प्रभाव पार्दछ भने वातावरणमा प्राणी र वनस्पतिकाे जीवन निर्भर रहन्छ । त्यसैले प्रकृति र वातावरणसँग मानिसकाे महत्त्वपूर्ण सम्बन्ध रहन्छ ।मानिसले आफ्नाे सुविधाका लागि प्राकृतिक स्राेतकाे उपयाेग गर्दछ जस्तै, आफ्नाे बसाेवासका लागि मानिसले जमिनकाे प्रयाेग गर्दछ, घर बनाउन जङ्गलकाे प्रयाेग गर्दछ, पिउने पानीका लागि खाेला, नदीकाे प्रयाेग गर्दछ । यस्ता स्राेतकाे उपयाेग गर्दा मानिसले विवेक पुर्याउनुपर्दछ अन्यथा प्रकृतिमा विकृति आउँछ र वातावरण प्रतिकूल हुन्छ । यसले हाम्राे वरिपरिकाे वातावरण खल्बलिन्छ र प्राणी र वनस्पतिकाे जीवनमा प्रतिकुल असर पर्दछ । यस्ताे कुराकाे सन्तुलित ढङ्गले उपयाेग गर्नु मानिसकाे कर्तव्य हाे।प्रकृतिमा भएका जीवजन्तुकाे संरक्षण गर्दै वातावरण जाेगाउन मानिसले विकास गर्दा वरिपरिकाे हावा पानी र जमिन प्रदूषित गर्नुहुँदैन । सन्तुलित वातावरणकाे उत्प्रेरक मानिस नै हाे । आधुनिक मेसिनकाे प्रयाेगले हावा दुषित, ध्वनि प्रदूषण गर्नुहुँदैन। जमिनकाे उर्वराशक्ति बढाउने नाममा रासायनिक मलकाे अधिक र अव्यवस्थित प्रयाेग गर्नुहुँदैन । सहरीकरणका नाममा जङ्गल विनाश गर्नुहुँदैन। यसाे गरेमा सुख्खा, खडेरी हुन गई पानीकाे स्राेत सुक्छन् र वन्यजन्तुकाे बासस्थान पनि विनाश हुन्छ ।प्रकृतिकाे विनाशले वातावरणमा क्षति पुग्दछ । वातावरणमा क्षति हुनु भनेकाे मानिस, जीवजन्तु, वनस्पति आदिमा क्षति पुग्नु हाे। वातावरण स्वच्छ भएन भने मानिसकाे साेच, स्वास्थ्य अस्वस्थ्य हुन्छ । अस्वस्थ्य मानिसले विकास गर्ने सक्दैन । त्यसैले प्रकृति र वातावरण जाेगाउन मानिसले असल विचार र विवेककाे प्रयाेग गरी सधैँ सन्तुलित भुमिका खेल्नुपर्दछ ।
0 reads
Published on 11/4/2022
Kavya Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Adhikari
Grade 8
Roll No: 27014
39
More Articles from
Student