सगरमाथा
सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो। यो नेपाल र चीनको सिमानामा पर्छ। नेपालमा यसलाई सगरमाथा भनिन्छ भने अंग्रेजीमा माउन्ट एभरेस्ट भनिन्छ। सगरमाथा हिउँले ढाकिएको धेरै सुन्दर हिमाल हो। यसलाई नेपालको गौरव मानिन्छ। हरेक वर्ष धेरै मानिसहरू सगरमाथा हेर्न नेपाल आउने गर्छन्।
सगरमाथा चढ्न धेरै गाह्रो हुन्छ। त्यहाँ धेरै चिसो हुन्छ र हावा पनि धेरै चल्छ। सगरमाथा चढ्न जाने मानिसहरूले न्यानो कपडा, अक्सिजन सिलिन्डर र अन्य सामान लैजानुपर्छ। सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको टुप्पोमा पुग्न सफल भएका थिए। उनीहरूको कामले धेरै मानिसलाई प्रेरणा दिएको छ।
सगरमाथा नेपालको मुख्य पर्यटकीय स्थल पनि हो। सगरमाथा हेर्न आउने पर्यटकहरूले नेपालको प्राकृतिक सौन्दर्य मन पराउँछन्। यसले नेपालको अर्थतन्त्रमा पनि मद्दत गरेको छ। सगरमाथाले हामीलाई मेहनत र साहसको महत्व सिकाउँछ। त्यसैले सगरमाथा नेपालीहरूको गर्व हो।
2 reads
Published on 5/19/2026
Anuj Khanal is a student at Deerwalk Sifal School. He loves exploring diverse topics and enjoys creativity.
Anuj Khanal
Grade 6
Roll No: 33080
1