मेरो नाम आशना अधिकारी हो। म छ वर्षकी भएँ । मेरी एउटी सानी बहिनी छिन्। उनी १६ महिनाकी भइन् । उनी सधैँ हाँसिरहन्छिन् । आमाले अस्पतालमा बहिनी जन्माउनु भएको दिन सबैभन्दा धेरै खुसी म भएकी थिएँ । म अस्पताल गएर मेरी बहिनीलाई पहिलो पटक काखमा लिँदा धेरै माया लागेको थियो । अहिले त झन् मेरी बहिनी मसँग खेल्न र बोल्न खोज्छिन् । मलाई पनि उनीसँग खेल्न पाउँदा निकै खुसी लाग्छ । त्यसैले उनी मेरी सबैभन्दा प्यारी साथी बनेकी छिन् । म उनलाई धेरै माया गर्छु ।