underline

सहर

Underline

Share:

सहर

सहरमा निकै भिड छ

मानिसहरू दिनदिनै आफ्नो लक्ष्यमा दौडिरहेछन्

गाउँ रितिँदै गएको छ र सहर भरिँदै

तर यो भरिएको सहरमा मानिसको भिड भए पनि

अवसरको भिड भने छैन ।

यदि देशमै अवसर भए

उच्च शिक्षा र रोजगारी भए

दक्ष जनशक्तिको अभाव सहरमा हुँदैन थियो।

देशमा नयाँ अवसर र विकासको बाटो खुल्ने थियो ।

यस भरिएको सहरमा मानिसहरू दौडा दौड गरिरहेका छन्

तर उनीहरूले गरेको दौडादौडको फल भने पाएका छैनन् ।

सायद यही हाे सहरको कमजोरी

यही हाे सहरले माग गरेको विकासको गति ।

सहरको दौडधुप र सहजताको मागले प्रकृति रित्तिँदै गएको छ

प्रकृतिले सहरलाई बचाउन आग्रह गरिरहेको छ ।

धेरै घरको भिड र गाडी नै गाडीको हुलमा सहर व्यस्त छ

सहरको यो व्यस्तता कुना कुनामा गुञ्जिरहेको छ।

सहर आफ्नै गतिमा चम्किँदै गएको छ

चमक ले गाउँलाई बिर्साईसकेको छ

सहर चम्किँदै गर्दा,

कताकता गाउँ गुम्सिरहेकाे छ

गाउँको त्यो सुन्दरताले हाम्रै प्रतीक्षा गरिरहेकाे छ ।

3 reads

Published on 8/18/2026

Image

Samrina is a student at Deerwalk Sifal Scholl who loves ecploring diverse topics . She spends most of her time reading books and listening to music.

Samrina Neupane Khatri

Grade 11

Roll No: 28071

1