underline

मेरो बाबा

Underline

Share:

बाको छातीमा शितलता पाइन्छ,

म निदाउन सदा बाकाे काख चाहिन्छ ।

पसिना बगाएर हातमा ठेला पारे,

आफू दुखेर पनि हामीलाई हँसाए ।

जीवनको यात्रामा उनी हुन् सहारा,

आकाश जस्तै विशाल मुटुका प्यारा ।

अन्धकारमा पनि दियो बालिदिने,

सही बाटो देखाएर साथ हिँडाउने ।

भगवान् खोज्न म मन्दिर जाँदिन कहिल्यै,

मेरा लागि मेरा बाबा नै हुन्,

सबैभन्दा ठूला जहिल्यै ।

4 reads

Published on 10/9/2026

Image

Krishal Baral is a student at Deerwalk Pokhara School. He is diligent in his studies and well-known for his beautiful handwriting.

Krishal Baral

Grade 3

Roll No: 36016

Deerwalk Pokhara School

1