सुनौलो मृत्यु
हो रहेछ प्रभु
किन कसैको बिहान नहुँदै
उसको साँझ बनाइदियो किन कसैको सपना पूरा नहुँदै
उसको कथा रोकिदियो के उसको हाँसो तिमीलाई धेरै प्यारो थियो
कि उसको ठाउँ ?
हाम्रो संसारमा भन्दा तिम्रो आकाशमा थियो, किन
किन केही हातहरु समात्न नपाउँदै छुटे, किन केही आँखाहरु भोलि देख्न नपाउँदै बन्द भए ?
आज पनि कसैको घरमा ढोका खुल्दा
आँखा बाटोतिर जान्छन्, सायद ऊ आउँछ कि भनेर तर ऊ……
र त्यही नआउने सत्यसँग हरेक दिन बाँच्नु सायद यही हो। बाँचेकोहरूको मृत्यु
हे प्रभु
यदि मृत्यु तिम्रो बोलावट हो भने हामीलाई एउटा कुरा भनिदेऊ किन तिमीले यति सुन्दर मान्छेलाई
यति चाँडै आफ्नो आकाश रोप्यौ?
सायद उत्तर नआउला तर एउटा कुरा भने समयले पनि भेट्न सक्दैन
पानीले नै शरीर बगायो समयले वर्ष बगाउने छ तर जसलाई संसारले माया गर्यो
उसको सम्झना कहिले बग्दैन
त्यसैले यो मृत्यु अन्त्य होइन
यो त एउटा यस्तो बिदाई हो
जहाँ आँसु हाम्रो भागमा पर्यो र सम्भावनाहरु उसको भागमा सुनौलो भएर बसिरहे।
7 reads
Published on 10/8/2026
Prasamsha Sapkota is a creative student at Deerwalk Pokhara School who loves writing poems, dancing, and singing.
Prasamsha Sapkota
Grade 8
Roll No: 31001
Deerwalk Pokhara School
1