भनिन्छ धन सबै थोक

जीवन सजिलो बनाउन

जहाँ जाँदा नि चाहिने धन

जीवन बनाउने एक बाटो

धन छ भने सबै छ

छैन भने जीवन नै नर्क

धनको जमाना हो यो

धन नभई केही नहुने

धनले नै चिनिन्छ यहाँ

आकाश छाेइसक्याे महङ्गीले

पैसा कमाउन निकै गाह्रो

तर, जान्छ कहाँ कहाँ

जीवन धनविना नचल्ने भयो

गरिबहरूलाई झन् दुःख मात्र

जसोतसाे बच्न खोजे पनि

सबैको जीवन कठिन छ यहाँ