डियरवाक पोखरा स्कुलमा पढ्दाको अनुभव
मेरो नाम मुस्कान खातुन हो। म डियरवाक पोखरा स्कुलको कक्षा ७ पुमोरीमा पढ्छु। म डियरवाक पोखरा स्कुलको स्थापनाकालदेखि नै यहाँ अध्ययन गर्दै आइरहेकी छु। विद्यालयको हरियाली वातावरणमा रमाउँदै जाँदा मैले धेरै कुरा सिक्ने अवसर पाएँ। म स्कुलको पहिलो दिन ढिलो आएकी थिएँ किनभने मलाई स्कुलको समय थाहा थिएन। म स्कुलभित्र प्रवेश गरेपछि कक्षा खोज्दै गएँ। कक्षाभित्र मैले आफ्ना पुराना साथीहरू देखेँ। म आफ्नो कक्षाभित्र गएर झोला बेञ्चमामा राखी बाहिर निस्किएँ। बाहिर जाँदा स्कुलमै बच्चाहरू खेल्नका लागि पिङ राखिएको रहेछ। म खेल्ने ठाउँतिर जाँदै थिएँ। विद्यालयको भित्तामा रङ्गीन चित्रहरू टाँसिएका थिए। जुन देखेर मलाई धेरै खुसी लाग्यो। मलाई चित्र बनाउन अत्यन्तै मन पर्छ त्यसैले मैले कक्षाभित्रको निलो पाटीमा धेरै चित्रहरू बनाएर केही लेखेर टाँसेँ।
म कक्षा ६ मा पढ्दा मेरो कक्षा शिक्षकको नाम अस्मिता गौतम थियो। उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो र हामीलाई धेरै माया अनि सहयोग गर्नुहुन्थ्यो। मेरो विद्यालयमा बेगनास हल रहेछ। म यो नाम सुन्दा अलमलमा परेँ। 'यो के होला?' भन्ने मेरो मनमा अनेक प्रश्नहरू खेलिरहेँ । त्यो बेगनास हलमा हामीले डि.पि.एस. टकका लागि कुनै शीर्षक लिएर अगाडि गएर बोल्नुपर्ने रहेछ। विद्यालयमा धेरै खेलहरू खेलाइँदा रहेछन्। ती खेलहरू पनि हामीले आफ्नो इच्छा अनुसार छनोट गर्नुपर्ने रहेछ। जस्तै: चित्र बनाउने, फुटबल प्रतियोगितामा भाग लिने आदि। मैले चित्र बनाउने र बास्केटबल खेल रोजेकी थिएँ।
जब म कक्षा सातमा पुगेँ। मेरो पहिलो दिन राम्रै भयो। धेरै नयाँ साथीहरू र शिक्षक-शिक्षिका हुनुहुन्थ्यो तर केही साथीहरू र शिक्षकहरूले स्कुल छोडेर जानुभएको रहेछ। त्यति बेला मलाई असाध्यै नरमाइलो लाग्यो। मेरो कक्षामा १६ जना केटा र ६ जना केटीहरू छन्। सबै साथीहरू मिलनसार छन्। पहिलो दिन मलाई अलि डर लागेको थियो तर त्यही समयमा मैले एउटा नयाँ साथी बनाएँ। हाम्रो कक्षा शिक्षकको नाम मन्जु खत्री हो। हाम्रो कक्षा शिक्षक अत्यन्तै राम्रो हुनुहुन्छ। उहाँ हामीलाई माया र सहयोग गर्नुहुन्छ। कक्षा सातमा मैले फुटबल र नृत्यमा भाग लिएकी छु। मैले अतिरिक्त क्रियाकलापका साथसाथै धेरै कुरा सिक्ने मौका पाएकी छु।
16 reads
Published on 9/30/2026
Muskan Khatun is a student at Deerwalk Pokhara School. She has a strong interest in dancing and painting.
Muskan Khatun
Grade 7
Roll No: 32003
Deerwalk Pokhara School
1