घरदेखि टाढाको यात्रा
घरदेखि टाढाको यात्रा
२०८२ साल ७ महिना ८ गतेकाे दिन थियाे । उक्त दिन म सबेरै उठेँ । बिहानकाे चिया,नास्ता खाएपछि बुबा र म घाँस काट्न गयाैँ । किनभने त्याे दिन बेलुका म र मेरो बुबालाई पोखरा जानु थियो । बुबा र म बिहान सबेरै घाँस काटेर घर आयौं । खाना चाहिँ आमाले बिहानै पकाइसक्नु भएको थियो । हात मुख धोएर खाना खाएँ । खाना खाएपछि नुवाईधुवाई गरेँ अनि मैले मेरा कपडा र अरु सामानहरु झाेलामा राखेँ । मेरी आमाले पनि मेरा सामानहरु झाेलामा राख्न सहयोग गर्नुभयो । करिब दुई बजेतिर म मेरो गाउँको घरबाट चैनपुर भन्ने ठाउँमा आए । मेरो भाइले म पनि धनगढी जान्छु भनेर जिद्दी गरेपछि हामीले भाइलाई पनि ल्याउने सोच्यौं । साँझ ४ बजेतिर हामी मामा घरमा पुग्यौं मामाघरमा पुगेर हजुरबुबा,हजुरआमा, मामामाइजू,दाइदिदीलाई भेट्याैँ । अनि म र मेरो भाइ साथै बाबा आमा भएर धनगढी जाने बसमा चढ्यौ । राति ८ बजेतिर खाना खाएर ९ बजे हामी धनगढीबाट बझाङ गढीतर्फ लाग्यौं । गाडीमा म र मेरो भाइ एउटै सिटमा बस्यौ र बुबाआमा अर्को सिटमा बस्नुभयो । घर छोडेर हिँड्दाखेरि मलाई साह्रै नै नरमाइलो लागिरहेको थियो। तर पनि होस्टलमा बस्ने अनि नयाँ नयाँ साथीहरू बनाउने भनेपछि एक किसिमको मनमा खुसी पनि छाएको थियो। हामी १३ गते बिहान पोखरा आइपुग्यौँ। त्यो दिन पानी पर्ला जस्तो भएको थियो बादलले पुरै आकाश छोपेको थियो। अनि हामी एउटा होटलमा गएर खाना खायौ । एकछिन आराम गर्याैँ र त्यसपछाडि पोखराका केही रमणीय ठाउँहरू घुम्याैँ । बेलुका पुन: होटलमा पुग्यौं । दिनभरिकाे थकान मेट्दै मैलेँ एकछिन मोबाइल हेरेँ र सुतेँ । भोलिपल्ट १४ गते थियो । त्यो दिन मलाई होस्टेल जानुपर्ने थियो। होस्टेलमा पुगिसकेपछि त्यहाँ आमाहरूले मलाई आफू बस्ने कोठा देखाइदिनु भयो। त्यसैगरी होस्टेलमा बस्दा पालना गर्नुपर्ने नियमहरूको बारेमा पनि बताउनुभयो अनि त्यसै अनुरुप गर्ने वचनबद्धता पनि जनाएँ। बुबाले मलाई पढाइ राम्रोसँग गर्नु छाेरी म तिमीलाई छिट्टै भेट्न आउँछु भन्नुभयाे र मलाई होस्टलमा आमाहरूसँग जिम्मा लगाइसकेपछि उहाँ अब घर फर्कने कुरा गर्नुभयो। त्यसपछाडि मैले बुबालाई हाँसीखुसी बिदाइ गरेँ ।
5 reads
Published on 9/29/2026
Kritima Bohara is a student at Deerwalk Pokhara School. She has a deep passion for reading and writing articles.
Kritima Bohara
Grade 6
Roll No: 33018
Deerwalk Pokhara School
1