मेरो एक दिनको दैनिकी
मेरो एक दिनको दैनिकी
मिति २०८३/ १/ १९ गते मैले बिहानै उठेर ब्रस गरेँ। त्यसपछि हात मुख धोएँ । मेरी आमाले नास्तामा मलाई दुध ओट्स र केरा खान दिनुभयो। म नास्ता खाएर मेरी आमासँग फुटबल खेल्न गएँ। मैले खेल मैदानमा एक घण्टा अभ्यास गरेँ । त्यसपछि मैले साथीहरूसँग एउटा मैत्रीपूर्ण खेल खेलेँ। हामीले खेल जित्यौँ अनि आमा र म घर फर्कियौँ। घर फर्केर मैले कपडा फेरेँ । त्यसपछि मैले भात, दाल, घिउ, हरियो साग, तरकारी र मासु खाएँ । त्यसपछि मैले नुहाएँ र बुबासँग हामी बजार गयौँ । बजार गएर हामीले कपडा, झोला, थर्मस, भकुन्डाे आदि सामान किनेर घर फर्कियौँ । घर फर्केर विद्यालयको गृहकार्य गरेँ। आमाले खाना पकाउनुभयो। मैले रोटी, दुध खाएँ र दाँत माझेर सुतेँ।
2 reads
Published on 7/13/2026
Mokshadheer Chand is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Mokshadheer Chand
Grade 4
Roll No: 36020
8