मेरो कुकुर
मेरो कुकुर
हाम्राे वरिपरि जनावरहरू धेरै छन् । जनावरहरुमा पनि मलाई सबैभन्दा बढी मनपर्ने जनावर कुकुर हो। मेरो घरमा पनि एउटा राम्रो कुकुर छ । उसको नाम को को (co co)हो ।जनावर भए पनि उ धेरै मिलनसार र प्यारो छ ।उसको रङ सेतो र खैरो छ। उसलाई मासु र दुध मनपर्छ । को को (coco) हस्की प्रजातिकाे कुकुर हो । उ सात वर्षको भयो । जब म विद्यालयबाट घर फर्कन्छु, उसले पुच्छर हल्लाउँदै मलाई स्वागत गर्छ । उसले घरको रक्षा पनि गर्छ । म मेरो कुकुरलाई धेरै माया गर्छु । को को(coco) मेरो मिल्ने साथी पनि हो । उसलाई घरका सबै सदस्यहरुले धेरै नै माया गर्नुहुन्छ ।
3 reads
Published on 9/29/2026
Aavyan Mishra is a student at Deerwalk Pokhara. Along with his studies and writing, he has a deep affection for pets.
Aavyan Mishra
Grade 2
Roll No: 37010
Deerwalk Pokhara School
1