मेरो रमाइलो पदयात्रा
मेरो रमाइलो पदयात्रा
मेरो नाम विशेष थापा हो। म डियरवाक पोखरा स्कुल कक्षा सात पुमोरीमा पढछु। म विशेष गरी शुक्रबारको दिनका लागि निकै उत्साहित थिएँ किनभने त्यो दिन पदयात्रा गर्न जाने दिन थियो। सुरुमा हामी जाने ठाउँ कास्कीकोट हो भन्ने थाहा पाएपछि मलाई पदयात्रा जान त्यति रुचि लागेको थिएन तर पनि म पदयात्रामा गएँ।
वास्तवमा त्यो त्यति ठुलो पदयात्रा थिएन। करिब ३ किलोमिटर जति उचाइमा मात्र चढ्नुपर्ने थियो। पदयात्रामा जानुभन्दा अघि खाने समयमा खेल्न पाइँदैन भन्ने कुरा हामीलाई थाहा थिएन। आकाश सरले हामीलाई बोलाएर भन्नुभयो, “तिमीहरू हाइकिङ जाँदैनौ!” हामी अचम्ममा पर्यौँ तर केही समयपछि उहाँले हामी सबैलाई जान दिनुभयो।
म र मेरा केही साथीहरू इलेक्ट्रिक भ्यानमा गयौँ। म त म नै भएँ। इलेक्ट्रिक भ्यानमा चढेपछि मलाई पेट दुख्ने र टाउको दुख्ने भई हाल्छ। सबैजना नाचिरहेका थिए तर मेरो पेट दुखिरहेको थियो। बाटो निकै डर लाग्दो थियो किनभने बाक्लो कुहिरो लागेको थियो।
हामी त्यहाँ पुग्दा वरिपरि सबै ठाउँमा शीत परेको थियो। त्यसका बाबजुद हामी अगाडि बढिरह्यौँ। म, मञ्जु गुरुआमा, सकृत भण्डारी र सम्राट गौतम सबैभन्दा पछाडि थियौँ। अगाडि बढ्दै गर्दा हामी कुराकानी गरिरहेका थियौँ। हामीले मञ्जु गुरुआमाको पहिलो पदयात्रा र पढाइका बारेमा कुरा गर्यौँ।
जब हामी माथि पुग्यौँ । हामीले घरबाट ल्याएको खाना खायौँ। त्यसपछि मलाई मैले छाता बिर्सिएको याद आयो। त्यही बेला एक जना अनौठो मानिसले हामीलाई तिमीहरूको घर कहाँ हो ? भनेर सोध्यो। मेराे साथी उत्सवले उहाँलाई हाम्रो घरको ठाउँ बतायो। हामीले आफ्नो छाता लिएर त्यहाँबाट हिँड्यौँ।
फेरि हामी अगाडि बढिरहेका थियौँ। अचानक म र मेरा साथीहरु सकृत, सम्राट, मञ्जु म्याम, सोरा, अस्ना र प्रसुनमध्ये सकृत, सम्राट र मैले एउटा निकै डरलाग्दो कुरा देख्यौँ। हामीले एउटा टाउकोको माथिल्लो भागमा कपाल नभएको र छेउतिर मात्र कपाल भएको मानिसलाई देख्यौँ। ऊ हामीलाई पछ्याइरहेको जस्तो देखिन्थ्यो। उसका आँखा चम्किरहेका थिए र बाक्लो कुहिरोबाट उसले हामीलाई हेरिरहेको थियो।
ऊ एउटा डाँडामा थियो। अचानक ऊ हामीतिर दौडिन थाल्यो। म, सकृत र सम्राट पनि दौडिन थाल्यौँ। हामी चिप्लियौँ, तर पनि दौडिरह्यौँ।
त्यसपछि केही समस्याका कारण राहाना दिदीलाई प्यानिक अट्याक भयो। पछि हामीले आफूहरू गलत बाटोमा गएको थाहा पायौँ। त्यसपछि हामी बस भएको ठाउँमा गयौँ र बस चढेर स्कुल फर्कियौँ। हामी दिउँसो ३:१० बजे स्कुल पुग्यौँ।
समग्रमा, त्यो पदयात्रा निकै रमाइलो, रोचक र अविस्मरणीय थियो।
10 reads
Published on 9/23/2026
Bishesh Thapa is a student at Deerwalk Pokhara School who loves playing football. He is academically strong and possesses a healthy competitive spirit.
Bishesh Thapa
Grade 7
Roll No: 32002
Deerwalk Pokhara School
1