underline

गुरु पूर्णिमा

Underline

Share:

गुरु पूर्णिमा हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन पर्दछ । विशेष गरी गुरु र गुरुआमालाई सम्मान गर्नका लागि वर्षमा एकपटक यस दिनलाई शिक्षक दिवसको रूपमा मनाउने गरिन्छ । यस दिनमा सबै विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाहरूलाई भगवानको रूपमा मान्ने गर्दछन् । त्यसैले यस दिनलाई गुरु पूर्णिमा भन्ने गरिन्छ । गुरु पूर्णिमाको दिनमा विद्यार्थीहरूले आफ्ना गुरु र गुरुआमाबाट आशीर्वाद लिने र गुरुलाई मिठा मिठा खाने कुराको साथमा उपहार पनि दिने गर्दछन् । यस दिनले अझ बढी विद्यार्थीहरू र गुरुहरूप्रतिको माया अनि सद्भाव पनि बढाउने गर्दछ। गुरुहरूले आफ्ना विद्यार्थीहरूलाई ज्ञान र सिपका साथै अनुशासित बन्न र जीवनमा सफल हुनका लागि हौसला प्रदान गर्नुहुन्छ । हामी विद्यार्थीहरूको सुनौलो भविष्य निर्माण गर्नका लागि गुरु र गुरुआमाहरूको धेरै नै ठूलो भूमिका रहेको हुन्छ । त्यसैले हामी हामी सबै विद्यार्थीहरूले हाम्रा गुरु र गुरुआमालाई सधैँ आदर र सम्मान गर्नुपर्दछ ।

0 reads

Published on 8/29/2024

Image

Samundra Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samundra Kunwar

Grade 5

Roll No: 32057

9

More Articles from

Student

Underline