underline

समय

Underline

Share:

समय सबैभन्दा महत्त्वपूर्ण हुन्छ । हामीले समयलाई बचत गर्न सक्दैनाैँ तर यसलाई सहीतरिकाले प्रयोग गर्न सक्छौँ । एक दिनमा २४ घण्टा हुन्छ। हामीले राम्ररी योजना बनाएर समयको उपयोग गर्‍यौँ भने पढ्न खेल्न आराम गर्न र परिरवारसगँ समय बिताउन वा सबै कुरा मिलाएर गर्न सक्छौँ । बिहान उठ्नेबित्तिकै के के गर्ने भनेर सोचे काम गर्न सजिलाे हुन्छ । धेरै बच्चाहरू मोबाइल चलाउन, भिडियो हेर्न वा गेम खेल्न धेरै समय खर्च गर्छन् । हामीले पहिलो प्राथमिकता पढाइलाई दिन जरुरी छ । समयमा काम गर्न सके हामी अनुशासित पनि हुन्छाैँ । स्कुलमा समयमा पुग्ने र अनुशासित भएमा सबैले मन पराउँछन् । समयको सही सदुपयाेग गरेमा हामी सफल बन्छौँ र जीवनपर्यन्त सजिलो हुन्छ । त्यसैले हामी सबैले समयको महत्त्व बुझ्नुपर्छ ।

0 reads

Published on 8/21/2025

Image

Samundra Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samundra Kunwar

Grade 6

Roll No: 32057

9

More Articles from

Student

Underline