underline

मातातीर्थ औँसी

Underline

Share:

मातातीर्थ औँसी नेपालको धार्मिक तथा सांस्कृतिक पर्व हो । यो दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ । आमालाई धन्यवाद दिनका लागि वर्षमा एक पटक यो दिन मनाइन्छ । हामीले यो दिन बिहान उठेर आमाको पूजा गर्छाैँ  र आफ्नी आमालाई मिठाइ, फलफूल र मिठा-मिठा खाना खुवाउँछाैँ । हामीले आमालाई उपहार पनि दिन्छाैँ । आमाले हामीलाई नौ महिना आफ्नो पेटमा राख्नुभयो र हामीलाई संसार देखाउनुभयो । त्यसैले हामीले आफ्नी आमालाई माया र सम्मान गर्नुपर्छ। हामीले आमाबाट धेरै कुरा सिक्छौँ । आमाले सधैँ हामीलाई सही बाटोमा हिँड्न सिकाउनुहुन्छ । असल संस्कार सिकाउनुहुन्छ । हाम्राे लागि आमाले कहिले पनि कुभलो सोच्नुहुन्न । त्यसैले आमालाई देवीको रूप मानिन्छ । आमाकाे कारणले नै हामीले याे नयाँ संसार देख्न पायाैँ । आफूले नखाएर पनि हामीलाई खुवाउनुभयाे । हामीले पनि आमालाई सधैँ खुसी बनाउनुपर्छ । ज्ञानी सन्तान बन्नुपर्छ ।

0 reads

Published on 7/6/2024

Image

Samundra Kunwar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Samundra Kunwar

Grade 5

Roll No: 32057

9

More Articles from

Student

Underline