पुतली
पुतली
पुतलीहरू रङ्गीचङ्गी र धेरै सुन्दर हुन्छन्। पुतली धेरै प्रकारका हुन्छन्। तिनीहरूलाई बगैँचामा उडिरहेको देख्दा धेरै रमाइलो लाग्छ। पुतलीहरू प्रायः फूलबारी र बगैँचामा देखिन्छन्। तिनीहरू फूलका वरिपरि उडिरहेका हुन्छन्। पुतलीहरूले फूलको रस चुस्छन्। त्यसैले पुतली र फूलबीच राम्रो सम्बन्ध हुन्छ। पुतलीहरू प्रकृतिका सुन्दर जीव हुन्। तिनीहरूले बगैँचालाई अझ आकर्षक र रमाइलो बनाउँछन्।
3 reads
Published on 6/8/2026
Meesha Joshi is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Meesha Joshi
Grade 3
Roll No: 36019
4
More Articles from
Student